Bishnu Rajbanshi
Singer & composer /Song Writer
Home
Videos
Mp3 Songs
Photos
Watch My Latest Video
Tmro Maya Ma
Meeting with celebraties
Happiness tells a story
Journey begins............
Click with Rajesh payal rai
Tuesday, 1 October 2019
Happy Dashara
By
Bishnu Rajbanshi - गायक / संगीतकार
October 01, 2019
Read More
← Newer Posts
Older Posts →
Home
Recent Comments
Translate
Popular
Tags
Blog Archives
Categories
Mp3songs
Photos
Facebook
Bishnu Rajbanshi
जहदा गाउँपालिका प्रथम वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ । हाथीबन्धा युवा क्लब जहदा गाउँपालिका वडा नं ०३ ले माघे संक्रान्तीको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । १७ दिन सम्म चल्ने उक्त प्रतियोगितामा १६ टीमले भाग लिएका छन् । जहदा गाउँपालिका वडा नं ०३ मा रहेको एक खेल मैदानमा प्रमुख अतिथि जहदा गाउँपालिका वडा नं ०३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले ब्याटिङ गरी खेल सुरुवात गरे । प्रथम वडा अध्यक्ष क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उदघाटन कार्यक्रममा वडा अध्यक्ष ठाकुरले गाउपालिका क्षेत्रका खेलकूद विकास र विस्तारलाई गाउँपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दैै आउने दिनहरुमा अझै भव्यताका साथ खेलकूदका कार्यक्रम गरिने बताए । उदघाट्न समाहरोमा जहदाकै नेकपाका नेता सेबक नारायन राजबंशी, काशी राम राजबंशी,लक्ष्मीनीया युवा क्लबका अध्यक्ष नितेश कुमार साह, गायक तथा समाजसेवी विष्णु राजबंशी,प्र अ वालेशवर राजबंशी र वडा सचिब लिलाकान्त साह सहीत क्लबका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेका थियो । आजको सुरुवाती खेल विगो स्पोटींग क्लब गोल्छा चौक बिराटनगर र लाली गुरास स्पोटींग क्लब कटहरी बिचमा भएको थियो । आजको उदघाट्न समाहरो हाथीबन्धा युवा क्लब अध्यक्ष प्रितम कुमार राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Rajbanshi Maithali Kalakar Manch Pradesh No.1
बिराटनगर । कस्तुरी कलेजकी सिमा राजबंशीले प्रदेश नं। १ स्तररिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ उपाधी हात पार्न सफल भएकी छिन् ।झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुल्ला युगल तर्फको खेलमा संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी प्रथम भयो ।दोश्रो भएकी रोजले नगद ७ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा धनकुटाका गिता राई र अरुणा तामाङ्ग रहे । गिता र अरुणाले नगद ३ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गरे ।पहिलो हुने जोडीले नगद ३० हजार सहित मेडल, ट्रफीर प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रोले २० हजार र तेश्रो हुने जोडीले १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।भेट्रान्स ४५ बर्ष मार्थिको स्पर्धामा पूर्व राष्ट्रिय प्रशिक्षक एवं हाल कस्तुरी कलेजका प्रशिक्षक उत्तम सिंखडा र ईटहरीका श्याम लामाको जोडीले ट्रफी उचाले । उक्त जोडीले सुनसरीका थमन गुरुङ्ग र सुरेश लिम्बुको जोडीलाई १८–२१, २१–४, २१–१४ ले पराजित गरे ।सिंखडा र लामाको जोडीले नगद १५ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै दोश्रो स्थानमा रहेका थमन र सुरेशको जोडीले १० हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेश्रो स्थानमा रहेको झुम्काका भजन लाल चौधरी र श्रवण चौधरी तथा चक्रघाटीका जीवन बोगटी र तुलसी सुवेदीको जोडीले नगद ७ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।आयोजक क्लबका सदस्यहरुका विच भएको आन्तरिक प्रतिस्पर्धामा झुम्काका श्रवण चौधरी र राजु कटुवालको जोडीले बाजि मा¥यो । उक्त जोडीले रानीवासका केदार अधिकारी र झुम्काका भजन लाल चौधरीको जोडीलाई २१–२३, २१–९, २१–१६ ले पराजित गरे ।बिजयी जोडीले नगद १५ हजार, उपबिजयी जोडीले नगद १० हजार र तेश्रो हुने जोडीले नगद ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।प्रतियोगिताको महिला एकल तर्फ १६, पुरुष युगल तर्फ २१, आन्तरिक युगल तर्फ ५२ र भेट्रान्स तर्फ २१ जोडीले सहभागिता जनाएको प्रतियोगिता रेफ्रि एवं म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी गराए ।बिजयी खेलाडीहरुलाई रामधुनी नगरपालिका, झुम्काका मेयर जय प्रकाश चौधरीले पुरस्कार वितरण गरेका थिए ।
Contributors
Anil Rajbanshi
Bishnu Rajbanshi - गायक / संगीतकार
Featured Post
विराटनगर , पंजावमाथि कठिन जित निकाल्दै विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागिय टिम सशस्त्र प्रहरी पंजावमाथि कठिन जित निकाल्दै विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले पहिलो पटक जितेको छ । यो जितसँगै एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि फागुन २८ गते सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ । गोलबजार गोल्कडपमा फाइलनमा आयोजक टिमलाई ४–० गोलले पराजित एपीएफ च्याम्पियन भएको थियो । एफिएफले आज विराटनगरको शहिद मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले पराजित गर्दै विराट गोल्ड कपको दोस्रो पटक फाइनल खेलेको एपीएफले पहिलो पटक उपाधि जितेको हो । यस अघि २०७० मा फाक्ष्नल खेलेको एपीएफले संकटा क्लवसँग १–० गोल अन्तरले पराजित भएको थियो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि उचालेको छ । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भए । प्रदिपले दुई जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार प)जावको किपर सतबीर सिंहको हातमा टच भएर गोल भएको थियो । खेलको सुरूवातदेखि आक्रमक देखिएको एपीएफका बुद्धीमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । बिकु तामाङ्गले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको चौथो मिनेटमा एपीएफका कप्तान सुदीप सिख्राकारको डिबक्स नजिकदेखिको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाले ३० यार्डदेखि गरेको प्रहार पंजावका गोलरक्षक सतबीर सिंहले पञ्ज गरी उत्कृष्ट बचाए । पंजावको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि कब्जा गरेको हो । दोस्रो हाफदेखि आक्रमक भएर मैदान प्रवेश गरेपनि पंजावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सिमित भयो । उपविजेता बनेको पंजावले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । दोस्रो हाफदेखि बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको पंजावका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलेको ५१ औं मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिदा खेल बरबारीमा ल्याउनबाट चुक्यो । ७० औं मिनेटमा प्रमजीत सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु पाहुना टोली पंजावको लागि दुर्भाग्यपूर्ण बन्यो । खेलपछि पंजावका प्रशिक्षक हरनेक सिंहले आज हाम्रो कमजोर डिफेन्स फाइदा उठाउँदै एपिएफले गोल गरेका स्वीकार गर्छन । सेमीफानलमा कप्तान जगदिप सिंहलाई रेफ्रिले रेड कार्ड दिएको कारणले हाम्रै फिेन्स कमजोर भयो यदि जगदिप खेलेको भए खेल पंजावले जित्ले दावी गरे । यता एपिएफको प्रशिक्षक सुदिप श्रेष्ठले तयारी अनुसार केटाहरुले खेलेको बताए । दोस्रो हाफमा अलिक प्रेसरमा रहेर खेलेपनि अन्त्यमा राम्रै गरे । प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदिप लामा म्यान अफ द फाइनल घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए । हाइस्कोर गर्ने विराटनगरका ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरीमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा संकटाका क्लब काठमाण्डौका फोडे फोपना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिपा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो । विजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली,राष्ट्रिय खेलकुद परिषदको सदस्य हरि खड्का, विराट गोल्डकपको संयोजक मनोज विक्रम शाहलगायतले पुरस्कार तथा ट्रफि बितरण गरेका छन्
Subscribe To
Posts
Atom
Posts
All Comments
Atom
All Comments
Followers
Blog Archive
►
2021
(20)
►
April
(4)
►
March
(5)
►
February
(6)
►
January
(5)
►
2020
(1)
►
November
(1)
▼
2019
(6)
▼
October
(1)
Happy Dashara
►
September
(5)
Labels
Mp3songs
(2)
Photos
(4)
Blog Archive
►
2021
(20)
►
April
(4)
►
March
(5)
►
February
(6)
►
January
(5)
►
2020
(1)
►
November
(1)
▼
2019
(6)
▼
October
(1)
Happy Dashara
►
September
(5)
È