Thursday, 18 February 2021

१४ बर्षदेखी राजवंशी समुदायको एउटै माग ; हामीलाई आदिवासी जनजातिमा सुचिकृत गर विराटनगर । विराट राजवंशीहरूलाई आदिवासी जनजातिमा सृचिकृत गर्न दबाव सिर्जना गर्ने उद्दश्यले आयोजना गरिएको १४ औं वृहत भेला भब्यताको रूपमा सम्पन्न भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालय विराटनगरले बिहीबार वीरेन्द्र सभा गृह हलमा भब्य कार्यक्रम आयोजना गरि बहृत भेला सफलता पुर्वक सम्पन्न गरेको हो । भेला गर्नुअगाडी ठूलो संख्यामा उपस्थित भएका विराट राजवंशी सामुदायहरूले संस्कृति झल्किने मौलिक पहिरन, झाँकीसहित उनीहरूले नगर परिक्रमा गरेका थिए । विराटनगरको रंगशालादेखि सुरू भएको ¥यालीले गोल्छा चौक, मेनरोड हुदै ट्राफिक चौक, हस्पिटल चौक भएर वीरेन्द्र सभा गृह हलमा पुगेको थियो । उनीहरूले विराट राजवंशीलाई आदिवासी जनजातिमा सृचिकृत गर, राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गरलगायतका नारा लगाउँदै नगर परिक्रमा गरेपछि विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा बृहत भेलामा सरिक भए । कार्यक्रमा बोल्दै राजवंशी समाज उत्थान समिति (विराट) का अगुवाहरूले भूमिपत्रु विराट राजवंशीहरूलाई राज्यले अन्याय गरेको गुनासो गरे । उनीहरूले प्रकृतिका पुजारी, भूमिको रक्षा गर्ने विराट राजवंशीलाई राज्यले आदिवासी जनजातिमा सुचिकृत नगरेर अन्याय गरेको बताए । १४ वर्षदेखि निरन्तर रुपमा आदिवासी जनजातिमा सुचिकृत गर्न माग राख्दै आन्दोलित हुदा पनि राज्यले राजवंशीहरूको कुनै मागको सुनवाइ नगर्दा आन्दोलनमा होमिन बाध्य छन् । राज्यले विराट राजवंशीलाई दोस्रो दर्जाको नागरिकको रुपमा राखेको उनीहरूको भनाई छ । कार्यक्रममा बोल्दै विराट राजवंशी युवा अध्यक्ष कुशेश्वर राजवंशीले १४ वर्ष भइसक्दा पनि राज्यले विराट राजवंशीलाई आदिवासी जनजातिमा सुचिकृत नगर्नु दुःखद भएको बताए । ‘विराट राजवंशीको छुट्टै भाषा, संस्कृतीले भरिपूर्ण हुँदा पनि राज्यले अहिलसम्म आदिवासी जनजातिमा सुचिकृत गरेको छैन,’ उनले भने । विराट राजवंशीको पहिचान गरेर बर्तमान सरकारले सृचिकृत गरिदिनुपर्ने उनले बताए । कार्यक्रममा राजवंशी समाज उत्थान समिति (विराट) अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले भोषा, संस्कृति भएको भुमि पुत्र विराट राजवंशीलाई राज्यले आदिवासी जनजातिमा सुचिकृत नगरेसम्म निरन्तर आन्दोलनमा उत्रिने चेतवनी दिए । यसैविच कार्यक्रममा राजवंशी समाजमा उल्लेखिय योगदान पु¥याउने आठ जनालाई सम्मान गरेको छ । राजवंशी सामाज लागेका आग्रज व्यक्तित्व र विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउनेहरूलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा शिक्षकहरु भमरलाल राजवंशी, शिव शंकर राजवंशी रहेका छन् । यस्तै राजवंशी समाज उत्थान समिति (विराट)ले नृत्य निर्देशक कार्तिक राजवंशी, खेलकुद विदाबाट गोविन्द कुमार राजवंशी र फोटोग्राफर भुवनेश्वर राजवंशीलाई सम्मान गरेको छ । यस्तै राजवंशी सामुदायबाट उच्च शिक्षा हासिल गर्ने तीन जना विद्यार्थीलाइ सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यार्थीहरूमा राज राजवंशी, पूजा राजवंशी र लत्ता राजवंशी रहेका छन् । सम्मानित भएकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले सम्मान गर्नुभएको थियो ।

Recent Comments

È