Skip to main content

Posts

Featured

उराउँ समुदायको करम पूजा धुमधामका साथ सम्पन्न

उराउँ समुदायको करम पूजा धुमधामका साथ सम्पन्न पुर्खाको स्मरणसँगै प्रकृति, कृषि, परिवार र सद्कर्मका लागि प्रार्थना विराटनगर, असोज ११ गते । उराउँ समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व करम पूजा मोरङको कटहरी गाउँपालिका–५ मा धुमधामका साथ मनाइएको छ। परम्परा, संस्कृति र पुर्खाको स्मरणसँग जोडिएको करम पूजामा उराउँ समुदायका महिला तथा पुरुषहरूले आफ्नै मौलिक लयमा गीत गाउँदै, बाजागाजा बजाउँदै नाचगान तथा पूजाअर्चना गरेका थिए। करम पूजाका अवसरमा विशेषगरी भाइ–बहिनीबीचको आपसी सद्भाव, स्नेह, माया र प्रेम कायम रहोस्, कृषि क्षेत्रमा प्रकृतिले राम्रो फसल प्रदान गरोस् तथा आफ्ना छोराछोरी र परिवारका सदस्यहरूको दीर्घायु, सुख, शान्ति र उन्नति–प्रगति होस् भन्ने कामना गर्ने परम्परा रहेको उराउँ समुदायका अगुवाहरू बताउँछन्। उराउँ समुदायले परम्परागत रूपमा भाद्र महिनाको शुक्लपक्ष एकादशी अथवा पूर्णिमाको अवसरमा करम पूजा मनाउँदै आएको बताइन्छ। करमलाई उराउँ समुदायका पुर्खाको प्रतीकका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। नेपाल उराउँ झागड कोरेन गुठियार केन्द्रीय कार्यालय, सुनसरीका संस्थापक महासचिव बाबुराम उर...

Latest Posts

धनपालथान गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विदाइ तथा स्वागत कार्यक्रम