धनपालथान गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विदाइ तथा स्वागत कार्यक्रम

धनपालथान । धनपालथान गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको विकास, प्रशासनिक व्यवस्थापन तथा सुशासनमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै निवर्तमान प्रमुख प्रशासकीय अधिकृत श्री रीता खतिवडाज्यूलाई भावपूर्ण विदाइ गरिएको छ। कार्यक्रममा उहाँको आगामी कार्ययात्रा सुखद, सफल तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। यसै अवसरमा धनपालथान गाउँपालिकामा सरुवा भई आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री विकेन पौडेलज्यूलाई हार्दिक स्वागत गरिएको छ। गाउँपालिका परिवारले उहाँको कुशल नेतृत्व, समन्वय र कार्यक्षमताबाट स्थानीय तहको सेवा प्रवाह, विकास निर्माण तथा सुशासनमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेको छ। नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले गाउँपालिकाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह र जनमुखी प्रशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ। धनपालथान गाउँपालिकाको प्रशासनिक यात्रामा विदाइ र स्वागतसँगै नयाँ जिम्मेवारी र नयाँ अपेक्षाको सुरुवात भएको छ।

Comments